Home Bibles उत्पत्ति 48:1 · नेपाली बाइबल
उत्पत्ति 48:1 · नेपाली बाइबल

केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।

Cross references

उत्पत्ति 41:50

यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ वर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

उत्पत्ति 46:20

मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।

उत्पत्ति 50:23

यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

2 राजा 13:14

एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”

2 राजा 13:20

एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।

अय्यूब 42:16

यसकारण अय्यूब अझ एक सय चालीस र्बषसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातुनीहरु, खनाति-खनातिनीहरु सबै हेर्न पाए।

भजनसंग्रह 128:6

अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्!

यूहन्ना 11:3

मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”

Interlinear

Choose Theme