Home Bibles उपदेशक 1:5 · नेपाली बाइबल
उपदेशक 1:5 · नेपाली बाइबल

सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

Cross references

उत्पत्ति 8:22

जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”

यहोशू 10:13

यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।

भजनसंग्रह 19:4

तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।

भजनसंग्रह 19:6

घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

भजनसंग्रह 42:1

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

भजनसंग्रह 104:19

परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।

यर्मिया 33:20

परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।

हबकूक 3:11

सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरुले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरुले तिनीहरुको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरु अथवा काँडहरु जस्तै थियो।

Interlinear

Choose Theme