Home Bibles ☰ Books उपदेशक 1:6 · नेपाली बाइबल
उपदेशक 1:6 · नेपाली बाइबल

हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

Cross references

अय्यूब 37:9

भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।

अय्यूब 37:17

तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।

भजनसंग्रह 107:25

परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।

भजनसंग्रह 107:29

परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।

उपदेशक 11:5

तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।

योना 1:4

तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।

मत्ती 7:24

“हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।

मत्ती 7:27

अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’

यूहन्ना 3:8

तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”

प्रेरित 27:13

त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे।

Interlinear

Choose Theme