Home Bibles ☰ Books यहोशू 10:13 · नेपाली बाइबल
यहोशू 10:13 · नेपाली बाइबल

यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।

Cross references

गन्ती 21:14

यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी

गन्ती 31:2

“मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”

यहोशू 10:11

जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।

यहोशू 10:14

यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।

न्यायकर्ता 5:2

इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!

न्यायकर्ता 16:28

तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।”

2 शमूएल 1:18

यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमायो लेखिइएको छ।

2 राजा 20:10

हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।”

एस्तर 8:13

हरेक प्रदेशलाई आदेशको एक एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।

अय्यूब 9:7

परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्।

भजनसंग्रह 19:4

तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।

भजनसंग्रह 74:16

हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।

भजनसंग्रह 136:7

परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Interlinear

Choose Theme