परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।
Cross references
जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।”
परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
“म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।
परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।