Home Bibles ☰ Books व्यवस्था 33:20 · नेपाली बाइबल
व्यवस्था 33:20 · नेपाली बाइबल

गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।

Cross references

उत्पत्ति 9:26

तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।

उत्पत्ति 49:19

“एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”

यहोशू 13:8

रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।

यहोशू 13:10

एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।

यहोशू 13:24

मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

1 इतिहास 4:10

याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।

1 इतिहास 5:18

मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।

1 इतिहास 12:8

गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।

1 इतिहास 12:9

एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए।

1 इतिहास 12:37

यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।

भजनसंग्रह 18:19

परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।

भजनसंग्रह 18:36

मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

मीका 5:8

अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

Interlinear

Choose Theme