Home Bibles यहोशू 13:8 · नेपाली बाइबल
यहोशू 13:8 · नेपाली बाइबल

रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।

Cross references

गन्ती 32:19

यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि पूर्व पट्टि नै हुनेछ।”

गन्ती 32:33

यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

व्यवस्था 3:8

“यस प्रकार हामीले अर्नोन घाटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।

व्यवस्था 3:12

“यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।

यहोशू 4:12

रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।

यहोशू 12:6

परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।

यहोशू 22:4

परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो। र परमप्रभुले उहाँको वचन अहिले राख्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ।

1 शमूएल 13:7

कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।

Interlinear

Choose Theme