Home Bibles 1 इतिहास 12:37 · नेपाली बाइबल
1 इतिहास 12:37 · नेपाली बाइबल

यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।

Cross references

गन्ती 32:33

यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

व्यवस्था 3:12

“यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।

यहोशू 13:7

अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”भूमि-विभाजन

यहोशू 14:3

मोशाले अघिनै अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भुमि दिइएन।

यहोशू 22:1

त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।

1 इतिहास 5:1

इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो।

Interlinear

Choose Theme