Home Bibles ☰ Books 1 इतिहास 5:18 · नेपाली बाइबल
1 इतिहास 5:18 · नेपाली बाइबल

मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।

Cross references

गन्ती 1:3

हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।

गन्ती 32:33

यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

यहोशू 1:12

तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने,

यहोशू 4:12

रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।

Interlinear

Choose Theme