Home Bibles ☰ Books व्यवस्था 3:6 · नेपाली बाइबल
व्यवस्था 3:6 · नेपाली बाइबल

हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं।

Cross references

लेवी 27:28

“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

गन्ती 21:2

तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

व्यवस्था 2:24

“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।

व्यवस्था 2:34

त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।

व्यवस्था 3:2

परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’

व्यवस्था 20:16

“जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ।

व्यवस्था 29:6

तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।

यहोशू 11:14

इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।

भजनसंग्रह 135:10

परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।

भजनसंग्रह 136:19

परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Interlinear

Choose Theme