Home Bibles ☰ Books व्यवस्था 2:34 · नेपाली बाइबल
व्यवस्था 2:34 · नेपाली बाइबल

त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।

Cross references

लेवी 27:28

“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

गन्ती 21:2

तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

व्यवस्था 3:6

हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं।

व्यवस्था 7:2

परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।

व्यवस्था 7:26

तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।

व्यवस्था 20:16

“जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ।

यहोशू 6:21

मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।

यहोशू 7:11

इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।

यहोशू 8:25

ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए।

यहोशू 8:26

यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।

यहोशू 9:24

गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।

यहोशू 10:28

त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।

यहोशू 10:40

यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।

यहोशू 11:14

इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।

1 शमूएल 15:3

अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘

1 शमूएल 15:8

शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे।

Interlinear

Choose Theme