Home Bibles व्यवस्था 2:24 · नेपाली बाइबल
व्यवस्था 2:24 · नेपाली बाइबल

“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।

Cross references

गन्ती 21:12

तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।

गन्ती 21:13

त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरूभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो।

व्यवस्था 2:36

त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

यहोशू 6:16

जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।

न्यायकर्ता 11:18

त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

2 इतिहास 36:23

कोरेस, फारसका राजा भन्छन् - “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।” 

एज्रा 1:2

“फारसका राजा कोरेस यो भन्नुहुन्छःपरमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।

यर्मिया 27:5

मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।

इजकिएल 29:20

मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

दानियल 2:38

तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।

दानियल 4:17

“एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति विनम्र मानिसलाई छान्नु हुन्छ।

Interlinear

Choose Theme