Home Bibles गन्ती 21:2 · नेपाली बाइबल
गन्ती 21:2 · नेपाली बाइबल

तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

Cross references

उत्पत्ति 28:20

तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसंगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।

लेवी 27:28

“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

लेवी 27:29

“यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।

व्यवस्था 7:2

परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।

व्यवस्था 13:15

ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।

व्यवस्था 13:16

तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्।

यहोशू 6:17

यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुई गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्।

यहोशू 6:26

त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः“जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”

न्यायकर्ता 11:30

यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,

1 शमूएल 1:11

तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”

2 शमूएल 15:7

चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।

भजनसंग्रह 56:12

हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।

भजनसंग्रह 116:18

आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।

भजनसंग्रह 132:2

दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।

1 कोरिन्थी 16:22

जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!

Interlinear

Choose Theme