Home Bibles ☰ Books व्यवस्था 23:3 · नेपाली बाइबल
व्यवस्था 23:3 · नेपाली बाइबल

“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।

Cross references

रूथ 4:6

त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”

रूथ 4:10

म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”

नहेम्याह 4:3

अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”

नहेम्याह 4:7

जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।

नहेम्याह 13:1

त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तकबाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।

नहेम्याह 13:23

ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।

यशैया 56:3

केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ।”

विलाप 1:10

शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।

Interlinear

Choose Theme