Home Bibles ☰ Books नहेम्याह 4:3 · नेपाली बाइबल
नहेम्याह 4:3 · नेपाली बाइबल

अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”

Cross references

1 राजा 20:10

तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”

1 राजा 20:18

यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”

2 राजा 18:23

अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।

नहेम्याह 2:10

जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, कोही इस्राएली मानिसहरू सहायता गर्न आयो भनी त्यसले तिनीहरूलाई खूबै थिएन।

नहेम्याह 2:19

जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”

नहेम्याह 6:1

जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिएन।

विलाप 5:18

सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।

Interlinear

Choose Theme