यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।
Cross references
केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।
केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।
यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।
त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए।
कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।