परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।
Cross references
मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।
तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।
तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।
तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैं परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ।
तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।
परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।
परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।
त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।
राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस वर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र वर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।
आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस्।