Home Bibles ☰ Books व्यवस्था 10:18 · नेपाली बाइबल
व्यवस्था 10:18 · नेपाली बाइबल

टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।

Cross references

प्रस्थान 22:20

“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

प्रस्थान 22:21

“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।

प्रस्थान 22:22

“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।

लेवी 25:35

“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।

गन्ती 10:32

यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”

भजनसंग्रह 10:18

हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।

भजनसंग्रह 68:5

उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

भजनसंग्रह 68:6

परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिरा ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

भजनसंग्रह 103:6

परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ, जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।

भजनसंग्रह 145:9

परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।

भजनसंग्रह 146:9

परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।

यशैया 1:17

राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

यर्मिया 49:11

आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

होशे 14:3

“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”

मत्ती 5:45

यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।

Interlinear

Choose Theme