Home Bibles ☰ Books गन्ती 10:32 · नेपाली बाइबल
गन्ती 10:32 · नेपाली बाइबल

यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”

Cross references

व्यवस्था 10:18

टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।

न्यायकर्ता 1:16

मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।

न्यायकर्ता 4:11

अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

1 शमूएल 14:6

जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”

भजनसंग्रह 22:27

टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।

भजनसंग्रह 67:5

मानिसहरूले तपाईंको गुण-गान गर्न सकून्। हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।

1 यूहन्ना 1:3

अब हामी तिमीहरुलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।

Interlinear

Choose Theme