Home Bibles ☰ Books 1 इतिहास 16:25 · नेपाली बाइबल
1 इतिहास 16:25 · नेपाली बाइबल

परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।

Cross references

प्रस्थान 15:11

“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।

भजनसंग्रह 66:3

उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!

भजनसंग्रह 76:7

हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ! जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।

भजनसंग्रह 76:8

परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।

भजनसंग्रह 89:7

पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।

भजनसंग्रह 144:3

हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?

भजनसंग्रह 145:3

परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।

यशैया 40:12

कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।

यर्मिया 5:22

परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।

यर्मिया 10:6

हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।

यर्मिया 10:7

हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।

मलाकी 1:11

“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

प्रकाश 15:3

तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।

Interlinear

Choose Theme