Home Bibles व्यवस्था 10:12 · नेपाली बाइबल
व्यवस्था 10:12 · नेपाली बाइबल

“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।

Cross references

व्यवस्था 4:29

तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।

व्यवस्था 5:29

म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।

व्यवस्था 5:33

यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।

व्यवस्था 6:5

तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।

व्यवस्था 6:13

परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।

व्यवस्था 11:13

“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।

व्यवस्था 26:16

“आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।

व्यवस्था 27:10

यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”

व्यवस्था 30:16

म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिंजिनेछन्।

व्यवस्था 30:20

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

यहोशू 22:5

तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुसरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

1 शमूएल 12:20

शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्ाउन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर।

2 राजा 10:31

तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।

2 राजा 18:3

हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।

2 राजा 18:6

हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।

1 इतिहास 28:9

अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

2 इतिहास 15:12

तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।

अय्यूब 36:11

यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।

भजनसंग्रह 18:1

उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”

भजनसंग्रह 34:9

परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।

भजनसंग्रह 81:13

यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।

भजनसंग्रह 81:14

तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।

भजनसंग्रह 128:1

परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।

भजनसंग्रह 145:20

जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

उपदेशक 12:13

अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान।

यर्मिया 7:22

मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउनु अथवा बलि चढाउन भनिन नता केही आज्ञा दिइन।

यर्मिया 32:39

म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।

इजकिएल 11:20

तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘

मीका 6:8

हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

सपन्याह 3:9

त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।

मत्ती 11:29

मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

मत्ती 22:37

येशूले जवाफ दिनुभयो, “तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’

मर्कूस 12:29

यशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्।

लूका 10:27

त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’“

लूका 11:42

धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याया र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।

प्रेरित 9:31

त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

रोमी 1:9

प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैं सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ।

रोमी 8:28

हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

तीतस 2:11

हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

हिब्रू 12:28

यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।

Interlinear

Choose Theme