Home Bibles दानियल 11:6 · नेपाली बाइबल
दानियल 11:6 · नेपाली बाइबल

“फेरि केही वर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।

Cross references

अय्यूब 38:15

दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।

भजनसंग्रह 10:5

दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।

इजकिएल 30:21

“हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”

इजकिएल 38:8

लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्।

दानियल 11:7

“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।

दानियल 11:13

त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा सख्यामा सैनिक भेला पार्नेछ। अनि केही वर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।

दानियल 11:15

तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।

दानियल 11:40

“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।

जकरिया 11:16

म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”

Interlinear

Choose Theme