तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।
Cross references
कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।
यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ “रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि छेकने घेराहरू बनाऊ। अत्याचार बाहेक त्यस शहरमा केही छैन। यसलाई सजाय भोगाउनै पर्छ।
परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ। परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।
अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ।
मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्।
मैले बोकालाई भेडातिर कुद्दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सीङ भाँचिदियो। बोकोसित भेडोको सामना गर्ने शक्ति थिएन। बोकोले भेडोलाई भूइँमा लडायो अनि त्यसलाई कुल्चियो। भेडालाई बचाउने त्यहाँ कोही थिएन।
“फेरि केही वर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।