Home Bibles ☰ Books जकरिया 11:16 · नेपाली बाइबल
जकरिया 11:16 · नेपाली बाइबल

म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”

Cross references

उत्पत्ति 31:38

मैले बीस वर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ।

उत्पत्ति 33:13

तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्।

1 शमूएल 17:34

तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।

यशैया 40:11

गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

यर्मिया 23:2

ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

यर्मिया 23:22

तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”

इजकिएल 34:2

“हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ?

इजकिएल 34:10

परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।”

इजकिएल 34:16

“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”

इजकिएल 34:21

तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ।

दानियल 11:36

“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।

मत्ती 23:2

“कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।

मत्ती 23:13

“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।

लूका 12:45

तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै र्फकदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला।

यूहन्ना 10:1

येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।

यूहन्ना 10:12

पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।

Interlinear

Choose Theme