Home Bibles ☰ Books दानियल 11:7 · नेपाली बाइबल
दानियल 11:7 · नेपाली बाइबल

“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।

Cross references

अय्यूब 14:7

त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।

भजनसंग्रह 49:10

हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरीमर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।

भजनसंग्रह 55:23

हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

भजनसंग्रह 109:8

मेरो शत्रु चाँडै मरोस्। अर्को कसैले उसको स्थान पाओस्।

यशैया 9:14

तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।

यशैया 11:1

यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।

यर्मिया 12:2

तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।

इजकिएल 17:18

तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”

दानियल 11:19

“यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।

दानियल 11:38

त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ।

मलाकी 4:1

“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

लूका 12:20

तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?

Interlinear

Choose Theme