Home Bibles यर्मिया 7:3 · नेपाली बाइबल
यर्मिया 7:3 · नेपाली बाइबल

सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ। ‘तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।

Cross references

एज्रा 10:11

यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”

हितोपदेश 28:13

जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

यशैया 1:16

“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!

यशैया 1:19

“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

यशैया 55:7

दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।

यर्मिया 6:16

परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’

यर्मिया 7:5

यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।

यर्मिया 17:25

“यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्।

यर्मिया 18:11

“यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’

यर्मिया 26:13

तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।

यर्मिया 35:15

मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।

यर्मिया 35:16

योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।”

इजकिएल 18:30

किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?

इजकिएल 33:4

यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ।

मत्ती 3:8

तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।

याकूब 4:8

परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

Interlinear

Choose Theme