परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागिअधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।
Cross references
तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘
“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।
यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्वोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो।
तिनीहरूले यो सन्देश लगेःयिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन।
झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।
दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?”एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।
परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।
पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
“तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्।”
जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”
जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।
मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।
यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”
परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!
परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
“हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन।
तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”तर परमप्रभु त्यहाँ हुनुहुन्छ।
सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
तिनीहरुले धेरै अपराधहरू गरेको कारण, “ म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरुले गिलाद का मानिसहरुलाई फलामको दाँदेले धुलोपारेकोछ।
परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।