शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।
Cross references
अबीमेलेक अनि उसका मानिसहरू आक्वमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे।
सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।
हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?”एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागिअधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।