Home Bibles ☰ Books मर्कूस 13:32 · नेपाली बाइबल
मर्कूस 13:32 · नेपाली बाइबल

“कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।

Cross references

मत्ती 24:36

“त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।

मत्ती 25:6

मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।’

मत्ती 25:13

“यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।”

मत्ती 25:19

“धेरै समयपछि मालिक घर फकर्यो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के के गर्यौ भनेर सोध्यो।

मर्कूस 13:26

त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्

प्रेरित 1:7

येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।

1 थिस्सलोनिकी 5:1

अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन।

2 पत्रुस 3:10

तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

प्रकाश 1:1

यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरु, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरुलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरु दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो।

प्रकाश 3:3

यसर्थ तिमीहरुले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्त्तन गर। तिमीहरु व्यूँझर उठ नत्र म तिमीहरुकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरुले थाहा पाउने छैनौं।

Interlinear

Choose Theme