येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
Cross references
“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए।
यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।
तर, जस्तो शास्त्रमा लेखिएको छः“कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”
तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।
यो एक साँचो शिक्षा होःयदि हामी उहाँसित मरेका भए, तब हामी पनि उहाँसितै जिउने थियौं।
तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।