2 राजा
Chapter 11
नेपाली बाइबल1अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।
2यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।
3तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ वर्ष लुके। अनि अतल्याहले यहूदा भूमिमा शासन गरिन्।
4सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।
5तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हप्ता काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्नुपर्छ।
6तिमीहरूमध्ये अर्को एक तिहाइ शूरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चारैतिर सुरक्षा प्रदान गर्नेछौ।
7दुई दल जो त्यस हप्तामा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहो यहोशेबाको रक्षा गर्नुपर्छ।
8तिमी अवश्य नै सब समय राजासँग बस्नु ऊ कुनै ठाउँ जाँदा पनि। सबै समूहहरूले राजालाई घेरेर राख्नु पर्छ। प्रत्येक रक्षकले आफ्नो हातमा आफ्नो हतियार राख्नु पर्छ। अनि तिमीले त्यो मानिसलाई मार्नु पर्छ जो तिम्रो साह्रै नजिक आउँछ।”
9सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए।
10अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए।
11ती रक्षकहरू मन्दिरको दाहिने कुनादेखि देब्रे कुनासम्म आफ्ना हातहरूमा हतियार लिएर उभिएका थिए। तिनीहरू वेदी अनि राजाको वरिपरि उभिए। जब उनी मन्दिरमा गए।
12ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”
13रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसमक्ष गइन।
14अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरु उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”
15यहोयादा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”
16यसकारण सैनिकहरूले अतल्यालाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन।
17तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।
18तब सबै मानिसहरू झूठो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे।यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए।
19पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।
20सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो।
21योआश सात वर्षका थिए जब तिनी राजा बने।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.