Home Bibles ☰ Books 2 तिमोथी 3:10 · नेपाली बाइबल
2 तिमोथी 3:10 · नेपाली बाइबल

मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्द्छौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोडदिनँ।

Cross references

दानियल 1:8

तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।

लूका 1:3

हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले

प्रेरित 2:42

ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।

प्रेरित 11:23

बर्णाबास एक असल मानिस थिए। उ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो।

प्रेरित 20:18

जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसंग जति समय बिताँए, म कस्तो प्रकारले बसे।

प्रेरित 26:4

“सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।

रोमी 16:17

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।

2 कोरिन्थी 1:17

के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

2 कोरिन्थी 6:4

तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं

एफिसी 4:14

तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।

फिलिप्पी 2:22

तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ।

1 थिस्सलोनिकी 1:5

हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासितअनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।

Interlinear

Choose Theme