तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ।
Cross references
पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें।
मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु।
अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैं अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयाता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन र्गवित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँचो चासो छ।
तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।
तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।
मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।उत्साह अनि धन्यवाद
मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्द्छौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोडदिनँ।
तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ।पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।