Home Bibles ☰ Books 2 तिमोथी 3:9 · नेपाली बाइबल
2 तिमोथी 3:9 · नेपाली बाइबल

तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।

Cross references

प्रस्थान 7:12

तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।

प्रस्थान 8:18

यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

प्रस्थान 9:11

मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।

1 राजा 22:25

मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”

भजनसंग्रह 76:10

हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।

यर्मिया 28:15

तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।

यर्मिया 29:21

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।

यर्मिया 29:31

“यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ ‘यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो।

यर्मिया 37:19

तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’

प्रेरित 13:11

अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।”तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झरयो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो।

प्रेरित 19:15

तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

2 तिमोथी 3:8

जेन्नस र जेम्ब्रसलाई नै संझ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुसरण गर्न चुकेका छन्।

Interlinear

Choose Theme