Home Bibles 2 शमूएल 9:7 · नेपाली बाइबल
2 शमूएल 9:7 · नेपाली बाइबल

दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”

Cross references

उत्पत्ति 43:18

जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”

उत्पत्ति 43:23

तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।

उत्पत्ति 50:18

तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

रूथ 2:11

बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।

1 शमूएल 12:19

सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”

1 शमूएल 12:24

तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।

1 शमूएल 20:15

मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ।

1 शमूएल 22:23

त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ। तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”

2 शमूएल 9:1

दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”

2 शमूएल 9:3

राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”

2 शमूएल 9:11

सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले।

2 शमूएल 12:8

मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।

2 शमूएल 19:28

तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

2 शमूएल 19:29

राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

2 शमूएल 19:33

दाऊदले र्बजितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु भने।”

2 शमूएल 21:7

तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।

1 राजा 2:7

“गिलादको र्बजिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

2 राजा 25:29

एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए।

भजनसंग्रह 41:9

मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।

यशैया 35:3

कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार।

यर्मिया 25:33

परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।

यर्मिया 52:33

यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।

मत्ती 6:11

आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्।

मर्कूस 5:33

त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।

लूका 1:12

जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।

लूका 1:29

तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

लूका 22:30

मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।

2 तिमोथी 1:16

ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्।

प्रकाश 3:20

म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

Interlinear

Choose Theme