Home Bibles भजनसंग्रह 41:9 · नेपाली बाइबल
भजनसंग्रह 41:9 · नेपाली बाइबल

मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।

Cross references

व्यवस्था 32:15

तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।

2 शमूएल 15:12

अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।

अय्यूब 19:13

परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

अय्यूब 19:19

मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

भजनसंग्रह 55:12

तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।

भजनसंग्रह 55:20

मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।

भजनसंग्रह 101:3

म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!

यर्मिया 20:10

म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”

ओबदिया 1:7

तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन् र सिमानाबाट तिमीलाई तान्छन्। तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्। तर तिनीहरूले तिमीलाई धोका दिन्छन् र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्। र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”‘

मीका 7:5

तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।

मत्ती 26:23

येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।

यूहन्ना 13:18

“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।

यूहन्ना 13:26

येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।

Interlinear

Choose Theme