सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले।
Cross references
राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।”
दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।
झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।
मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेटून जान्छु।’