Home Bibles 2 शमूएल 19:28 · नेपाली बाइबल
2 शमूएल 19:28 · नेपाली बाइबल

तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

Cross references

उत्पत्ति 32:10

तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु।

1 शमूएल 26:16

तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही। खोई कहाँ छन्?”

2 शमूएल 9:7

दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”

2 शमूएल 9:10

तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काटूने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधे मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए।

2 शमूएल 9:13

मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

2 शमूएल 14:17

म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”

2 शमूएल 14:20

योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

2 शमूएल 15:26

तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”

2 शमूएल 16:3

राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?”सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘ अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।”‘

2 शमूएल 21:6

दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”

2 राजा 8:3

सात वर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्कीआइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।

Interlinear

Choose Theme