Home Bibles 2 शमूएल 21:14 · नेपाली बाइबल
2 शमूएल 21:14 · नेपाली बाइबल

बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

Cross references

प्रस्थान 32:27

त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।”‘

गन्ती 25:8

त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।

गन्ती 25:13

शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”

यहोशू 7:26

आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।

यहोशू 18:28

त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।

1 शमूएल 10:2

आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘

2 शमूएल 3:32

अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।

2 शमूएल 4:12

यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

2 शमूएल 24:25

त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो। 

1 राजा 18:40

तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

यर्मिया 14:1

खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो

योएल 2:18

तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरुमाथि करुणामय हुनुभयो।

आमोस 7:1

परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैलेदेखें।

योना 1:15

तब तिनीहरुले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।

जकरिया 6:8

तब परमप्रभुले मलाई जोडसंग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ। अब म उत्तर भूमिसित क्रोधित छैन!”

Interlinear

Choose Theme