Home Bibles ☰ Books योना 1:15 · नेपाली बाइबल
योना 1:15 · नेपाली बाइबल

तब तिनीहरुले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।

Cross references

यहोशू 7:24

त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे।

यहोशू 7:26

आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।

2 शमूएल 21:8

दाऊदले आरमोनी र मपीबोशेततिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।

2 शमूएल 21:14

बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

भजनसंग्रह 65:7

परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।

भजनसंग्रह 89:9

उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

भजनसंग्रह 107:29

परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।

योना 3:9

त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरु ध्वंश नहौंला।

मत्ती 8:26

येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?’ तब येशू उठनुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

लूका 8:24

चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।

Interlinear

Choose Theme