Home Bibles ☰ Books जकरिया 6:8 · नेपाली बाइबल
जकरिया 6:8 · नेपाली बाइबल

तब परमप्रभुले मलाई जोडसंग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ। अब म उत्तर भूमिसित क्रोधित छैन!”

Cross references

न्यायकर्ता 8:3

यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्वोधित भएनन्।

न्यायकर्ता 15:7

त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”

उपदेशक 10:4

मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

यशैया 1:24

ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,

यशैया 18:3

केही नराम्रो घटना तिनीहरूमाथि घट्नेछ भनी ती मानिसहरूलाई होशियार गराऊ। संसारका सारा मानिसहरूले तिनीहरूमाथि घटने घट्ना हेर्नेछन्। पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घटना देख्नेछन्। ती अग्ला मानिसहरूमाथि त्यस्तो घटना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्। युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

यशैया 42:13

परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

यशैया 48:14

“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।

यशैया 51:22

तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।

यर्मिया 51:48

तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

इजकिएल 5:13

तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”

इजकिएल 16:42

त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन।

इजकिएल 16:63

तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।

इजकिएल 24:13

तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।

Interlinear

Choose Theme