Home Bibles ☰ Books प्रस्थान 32:27 · नेपाली बाइबल
प्रस्थान 32:27 · नेपाली बाइबल

त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।”‘

Cross references

प्रस्थान 32:26

यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”

प्रस्थान 32:29

त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”

गन्ती 25:5

मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”

गन्ती 25:7

हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।

व्यवस्था 13:6

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।

व्यवस्था 13:10

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो।

व्यवस्था 33:8

मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।

2 राजा 10:25

येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।

इजकिएल 9:5

तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर।

लूका 14:26

“यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यु भाई तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।

2 कोरिन्थी 5:16

अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई संझने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले संझे जस्तै संझन्थ्यौं तर अब हामी त्यसरी संझदैनौं।

Interlinear

Choose Theme