Home Bibles 2 शमूएल 17:16 · नेपाली बाइबल
2 शमूएल 17:16 · नेपाली बाइबल

“दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरूभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

Cross references

1 शमूएल 20:38

फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

2 शमूएल 15:14

तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोडने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”

2 शमूएल 15:28

तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरूभूमि पारि मानिसहरू नदी तर्छन्।”

2 शमूएल 15:35

पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ।

2 शमूएल 17:21

अब्शालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

2 शमूएल 20:19

म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”

भजनसंग्रह 35:25

मानिसहरूलाई भन्न् नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं। हामीले उसलाई ध्वंश पारिदियौं!”

भजनसंग्रह 55:8

म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ।

भजनसंग्रह 56:2

मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।

भजनसंग्रह 57:3

स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

हितोपदेश 6:4

अलिकति समय पनि नपर्ख अथवा नसुत।

मत्ती 24:16

“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।

1 कोरिन्थी 15:54

यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः“मृत्यु विजयमा निलिएको छ।”

2 कोरिन्थी 5:4

जतिञ्जेल हामी यस शरीष्ठ्वरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोडन चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।

Interlinear

Choose Theme