Home Bibles ☰ Books 2 शमूएल 20:19 · नेपाली बाइबल
2 शमूएल 20:19 · नेपाली बाइबल

म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”

Cross references

उत्पत्ति 18:23

तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ?

प्रस्थान 19:5

यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

गन्ती 16:32

धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।

गन्ती 26:10

अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।

व्यवस्था 32:9

परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

न्यायकर्ता 5:7

त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

1 शमूएल 10:1

शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ।

1 शमूएल 26:19

हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’

2 शमूएल 17:16

“दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरूभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

2 शमूएल 21:3

दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

1 राजा 8:53

तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

भजनसंग्रह 33:12

परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।

Interlinear

Choose Theme