त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”राजाले भने, “भन।”
Cross references
तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ
तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।
तिनको अनुहार दाऊदको अघि भूँइमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।
त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।”तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।” योआबले भने, “म सुन्दैछु।”
मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।”
हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।”यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।