अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।”यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।
Cross references
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।
यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए।
“हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”
तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।
पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”
तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसंग मुखामुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।
“राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु।
परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”