तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिइनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोडन वाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन।
Cross references
इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।
“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः ‘मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।
तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।
दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए।
भागेर गएपछि अब्शालोम तीन र्बषसम्म गशूरमा बसे।
तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।”इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”
तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”