शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।
Cross references
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,“महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?”तब शिमशोनले तिनीहरूलाई भने,“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो।
जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले र यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”
पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।
सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो।
गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।
मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्। मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।
सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।