यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,“महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?”तब शिमशोनले तिनीहरूलाई भने,“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
Cross references
शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।
परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानलेतृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।