ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।
Cross references
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिट्टो-छिटो हिंडिरहेका छन्।
तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।
हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
“परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।
जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।
कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।
मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।
तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।
जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।